आँबुखैरेनी, २७ पौष ।
तनहुँको आँबुखैरेनी बजारमा आजबाट ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा आएको छ ।
विभिन्न क्षेत्रमा कार्यरत ६ जना बौद्धिक व्यक्तित्वहरुको लगानीमा आँबुखैरेनी गाउँपालिका वडा नं। स्थित बजारमा ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा ल्याईएको हो ।
अनुभवी प्रशिक्षकहरुबाट IELTS कक्षा जापानिज ,कोरीयन भाषाको कक्षाहरु लोकसेवा तयारी ,टिकेटिङ, कम्पुटर तालिम, टिउसन कक्षाहरु लगायत अन्य सेवा सुबिधा दिने उदेश्यका साथ ग्लोबल मिट एजुकेसनल कन्सल्टेन्सी संचालनमा ल्र्याएको ग्लोबल एजुकेसनल कन्सल्टेन्सीका संचालक नबराज मिश्रले जानकारी दिए ।
आँबुखैरेनीमा यस्ता किसिमका कक्षाहरु संचालनमा आएसंगैं ती बिषयका कक्षाहरु पढ्का लागि चितवन ,काठमाडौं जानुपर्ने बाध्याताको अन्त्य भएको संचालक मिश्रले बताए ।
















