दमौली, २८ पुस ।
लमजुङको मध्य नेपाल नगरपालिका–३ सोती पसल स्थित मंगला माध्यामिक विद्यालयको माघ ११ गते देखि १७ गते सम्म हिरक जयन्ती मनाउने भएको छ ।
आइतबार सो विद्यालयमा पत्रकार सम्मेलन गरी जयन्ती मनाउने जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक विष्णुहरी बास्तोलाले तयारी तिव्र गतिमा गरिएको जानकारी दिए । लमजुङ्ग जिल्लाकै नमुना विद्यालयकाको रुपमा रहेको विद्यालयले समग विकासमा समेत यो अवसरमा छलफल हुने बताए ।
मध्य नेपाल नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष केशव न्यौपानेले विद्यालयको लागि योगदान दिने अग्रजको बारेमा भावी पुस्तालाई जानकारी दिन इतिहासको कदर गर्नको लागि हिरक जयन्ती मनाउन लागिएको जानकारी दिए । लमजुङको अतिरिक्त तनहुँ र कास्कीका विद्यार्थीहरु पनि यस विद्यालयमा अध्ययन गरेको जानकारी दिँदै उहाँले पूर्व विद्यार्थी मञ्च गठन गरिएको स्मरण उनले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला, , शिक्षक अभिभावक संघको अध्यक्ष शमसेरबहादुर थापा, प्रचार प्रसार उपसमितिको संयोजक हरिप्रसाद शर्मा मिश्र लगायतले कार्यक्रमका बारेमा जानकारी दिएका दिए । कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक उदयचन्द्र कँडेलले गरेका थिए ।
यो विद्यालय २०१९ सालमा स्थानीय बुद्धिजिवीहरुको सक्रियतामा स्थापना गरिएको थियो । माघ ११ गते देखि खेलकुद, सास्कृतिक, हाजिरी जवाफ जस्ता विविध प्रतियोगिता तथा कार्यक्रम हुने माघ १६ गते हुने मूख्य कार्यक्रममको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । हिरक जयन्तीको क्रममा एक करोड रुपियाँ आम्दानी हुने, ४० लाख खर्च भई ६० लाख बचत हुने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । वचत भएको रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने छ ।
















