images
images

पत्रकार महासंघ तनहुँको नव निर्वाचित समितिको पदस्थापन

images

तनहुँ, १२ पुस
नेपाल पत्रकार महासंघ तनहुँको १२औं अधिवेशनबाट निर्वाचित समितिको  पदस्थापन गरिएको छ । पत्रकार महासंघ भवनमा दमौलीमाआयोजित कार्यक्रममा  नव निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश तथा संघीय परिषद सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पत्रकारहरु नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताए । पछिल्लो समय  हरेक क्षेत्रप्रति नागरिकहरुको   विश्वास घट्दै गएको बताउदै पत्रकारिताप्रति जनताको विश्वास  हुने गरी काम गनुपर्ने बताए ।

मंसिर २८ गते सम्पन्न महासंघको १२र्औं अधिवेशनबाट धनपति अधिकारी ९डिपी०को नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ समिति निर्वाचित भएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता कमलामोहन वाग्लेले नव निर्वाचित अध्यक्ष अधिकारी सहित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरे । साथै प्रदेश प्रतिनिधि परिषद सदस्य र केन्द्रीय प्रतिनिधि परिषद सदस्यहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ । यसैगरी महासंघका निवर्तमान अध्यक्ष उज्वल पौडेलले नव निर्वाचित अध्यक्ष अधिकारीलाई पदभार हस्तान्तरण गरेका थिए ।
निवर्तमान अध्यक्ष पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति डा. कृष्णप्रसाद गौतम, महासंघका पूर्व अध्यक्ष प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल लगायतले  कार्यक्रममा सम्बोधन गरेका थिए ।

नोपल पत्रकार महासंघ तनहुँ शाखाका  निवर्तमान अध्यक्ष पौडेलले  सधै पत्रकार र पत्रकारिताकै हक, हित र अधिकारका लागि लडिरहने  बताए ।   आफुले नेतृत्व समालिरहदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सिङ्गो  कार्यसमिति ,सल्लाहकारहरु ,पुर्ब अध्यक्षहरु,पत्रकार सम्बद्ध संगठनका नेताहरु ,अग्रज तथा सहकर्मी पत्रकार  साथीहरू ,तनहुँका  सरकारी तथा गैरसरकारी संघ सस्थाका साथीहरू तथा नागरिक समाजका प्रतिनिधिहरु सबैलाई बिशेष धन्यवाद र आभार व्यक्त गरेका थिए । पौडेलले नयाँ समितिलाई पत्रकार, पत्रकारिता र प्रेस स्वतन्त्रताका लागि सधै सक्रिय भएर लाग्न सुझाव दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS