images
images
images

भानु जन्मस्थल बिकास समितिको प्रथम बैठक सम्पन्न

images

पौष १३, भानु
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा भानु जन्मस्थल बिकास समितिको प्रथम बैठक सम्पन्न भएको छ । बिकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विकास समितिले गरेका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल भएको थियो ।
बैठकमा गण्डकी प्रदेश साँसद अशोक कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख बासुदेव थापा, भानु नगरपालिकाका नगर प्रमुख एवं निर्देशक समितिका संयोजक आनन्दराज त्रिपाठी, वडा नं ४ का वडा अध्यक्ष अर्जुन बहादुर अधिकारी , वडा नं ५ का वडा अध्यक्ष नहकुल अधिकारी , वडा नं ६ का वडा अध्यक्ष धिरेश खनाल, वडा नं ३ का वडा अध्यक्ष तुल बहादुर गुरुङ लगाएत समितिका सदस्यहरुको सहभागीता रहेको थियो । बैठकले भानुमा साहित्यीक गतिविधिलाई प्राथमिता दिने निर्णय गरिएको आदिकवि जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक कृपाहरि लौडारीले जानकारी दिए। साथै बैठकले जन्मस्थलको वृहत्तर विकासका लागि पनि पहल गर्ने लगाएतका निर्णय बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS