images
images

रत्नहरि अस्पतालमा महिलाका लागि निःशुल्क पाठेघर क्यान्सर परीक्षण

images

दमौली – व्यास नगरपालिका वडा नं ४ भोर्लेटारचोकस्थित रत्नहरि मेमोरियल अस्पतालमा शनिवारआयोजित स्वास्थ्य शिविरमा १ सय ५० जनामहिलाको पाठेघर क्यान्सर (भीआईए) परीक्षण गरिएको छ। इनर व्हिलक्लब अफ दमौलीको सहकार्यमा आयोजित उक्त शिविरमा स्वास्थ्य परीक्षणसँगै महिलाहरूलाई परामर्श पनि प्रदानगरिएको थियो । स्वास्थ्य शिविरको उद्घाटन व्यास नगरपालिकाकी उप प्रमुख इन्दिरा दरैले गरिन् ।
उनले महिलाको स्वास्थ्य सुरक्षाकालागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान गर्ने बताउँदै आयोजकहरूलाई धन्यवाद दिइन्। कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावलाई ध्यानमा राख्दै यस्ता शिविरले महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण र परामर्श सेवादिन सहयोग गरेको बताए ।

“हाम्रो समुदायमा यस्ता कार्यक्रमहरूको आवश्यकता अझै धेरै छ । यस्ता प्रयासले महिलाहरूको स्वास्थ्य सुधारमा ठुलो मद्दत पुग्नेछ,” उनले भने। त्यस्तै, चिकित्सक संघ तनहुँका अध्यक्ष डा. रामकुमार श्रेष्ठले पनि शिविरको प्रभावकारितालाई उजागर गर्दै भने, “पाठेघर क्यान्सर जस्ता गम्भीर रोगको पहिचान समयमै भयो भने जीवन बचाउन सकिन्छ । यस्ता शिविरले समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मद्दत गर्छ।” क्लबकी केन्द्रीय सदस्य निर्मला मल्लले इनर व्हिलक्लबको तर्फबाट बोल्दै यस्ता कार्यक्रमहरूले महिलाहरूलाई स्वस्थ जीवन तर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। “हाम्रो प्रयासले यहाँका महिलाहरूमा आत्मविश्वास र स्वास्थ्यप्रति सचेतना बढाएको देख्दागर्व लागेको छ ।

भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं,” उनले भनिन् । शिविरमा डा. दिनेश शर्मा र डा. बबिता खड्काको नेतृत्वमा रहेको टोलीले महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो । शिविरमा डा. अस्पतालका व्यवस्थापक लिलाबहादुर थापाका अनुसार चेकजाँच गरिएकामध्ये ५ जना मामहिलामा पाठेघर क्यान्सरको प्राथमिक जोखिम देखिएकाले उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ । कार्यक्रम क्लबकी अध्यक्ष नारायणी मल्लको अध्यक्षतामा सम्पन्नउ भएको थियोा । शिविरमा क्लबकी उपाध्यक्ष सिर्जना लामिछाने, सचिव सवित ाश्रेष्ठ लगायतले बोलेकाथिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS