images
images
images

बन्दिपुरमा संरक्षणको पर्खाइमा परम्परागत पाटी

images

दमौली, १० पुस
बन्दीपुरमा पुरातत्त्व विभागले लाखौं खर्चेर निर्माण गरेको परम्परागत पाटी अहिले जिर्ण अवस्थामा पुगेको छ। संरचनाको मर्मत बन्दिपुर गाउँपालिकाले संरक्षणमा उपेक्षा देखिँदा यो ऐतिहासिक सम्पदा संरक्षणको पर्खाइमा छ।
गाउँपालिकाले यस पाटीको मर्मत सम्भारमा कुनै पहल नगर्दा यसको अवस्था झन् बिग्रँदै गएको छ। निर्माणपछिको उचित ध्यान नदिई संरक्षणका लागि कुनै योजना बनाइएको छैन। बन्दीपुर, आफ्नो सांस्कृतिक महत्वका लागि प्रख्यात छ । तर पनि गाउँपालिकाले अहिले आफ्नै धरोहरलाई बेवास्ता गरिरहेको छ। परम्परागत पाटी जस्तो ऐतिहासिक गहनालाई उपेक्षा गरेर जोगाउन नसकिने स्थिति आएको बन्दिपुरका नोपली कांग्रेसका नेता समेत रहेका कर्ण खत्रीले बताए ।
बन्दीपुर गाउँपालिकाले सन २०२५ लाई पर्यटन वर्ष घोषणा गरिए पनि यहाँका पर्यटकीय पूर्वाधारमा कुनै चासो देखिएको छैन। पर्यटकहरूका लागि आकर्षण बन्न सक्ने पाटी जस्ता संरचनाहरूको जिर्ण अवस्थामा रहनु बन्दीपुरकै पर्यटन प्रवर्द्धनका लागि चुनौती बन्ने सम्भावना छ। परम्परागत पाटीको मर्मत सम्भार र संरक्षणका लागि तत्काल पहल गर्न गाउँपालिको स्थानीइहरुले माग गरेका छन्। यस्तो सांस्कृतिक सम्पदाको उपेक्षा गर्दा बन्दीपुरको पर्यटनले दीर्घकालीन क्षति बेहोर्नुपर्ने स्थानीयहरुको धारणा रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS