म्याग्दे
म्याग्दे गाँउपालिकाको १७ औ गाँउसभामा ३४ वटा प्रस्ताव पेश गरिएको छ । गाँउसभामा ३ वटाविधेयक प्रस्तुत समेत भएको छ ।
म्याग्दे गाँउपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक २०८१, म्याग्दे गाँउपालिकाको वालअधिकार विधेयक २०८१ र म्याग्दे गाँउपालिकाको आर्थिक ऐन २०८१ पहिलो सम्वोधन २०८१ मा गाँउपालिकाका सदस्यहरुले विधेयक माथी सैद्धान्तिक छलफल गरेका थिए ।
उपाध्यक्ष वालकृष्ण घिमिरेले संकल्प प्रस्ताव पेश गरेका थिए भने वसन्तकुमार श्रेष्ठ र वद्रिका घिमिरेले छलफलमा भागलिएका थिए ।
त्यसैगरि गाँउसभामा समितीको अर्धबार्षिक प्रतिवेदनमा छलफल र स्वीकृत भएको थियो । जसमा सर्वाजनिक लेखा समितीको अर्धवार्षिक प्रतिवेदन ०८१।०८२, संयोजक शिववहादुर क्षेत्रीले प्रस्तुत गरेका थिए ।
न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन ०८१।०८२ संयोजक वालकृष्ण घिमिरेवाट प्रस्तुत गरेका थिए । भने सुशासन समितीको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीवाट प्रस्तुत गरिन् ।

१७औ गाँउ सभामा ३४ वटा नितिगत निर्णयका एजेण्डा तथा प्रस्तावहरु पेशगरिएका छन् । कार्यपालिकाले गरेकाहालसम्मका निर्णय अनुमोदन, संगठन तथा व्यवस्थापन सर्वेक्षण दोश्रो शंशोधन सँगै करार दरवन्दी स्कीकृत, योजना तथा कार्यक्रम फरफारक, आन्तरिक राजश्व वृद्धि(नदिजन्यघाट, ठेक्का तथा अमानत, निजि जग्गा उत्खनन व्यवस्थापन, लिलाम विक्री, निकासी ठेक्का आदि, विभिन्न विधेयक स्विकृत, हालसम्मको खर्च अनुमोदन, सवारी मर्मत तथाखरिद, अधिकार प्रत्यायोजन, करार नविकरण रहेका छन् ।
गाँउ पालिकाका सदस्यहरुवाट दफावार छलफल गरिएको गाँउ सभामा विषयवस्तुको प्रकाश प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गरेका थिए ।
















