images
images
images

गुगलले डेटा सेन्टर खोल्न फिनल्याण्डमा किन्यो २ करोड ७० लाख यूरोको जग्गा

images

काठमाडौं। गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ ।

सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टका अनुसार यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS