सामाजिक अभियन्ता तथा राप्रपा नेता राजेन्द्र अधिकारी चेक गणतन्त्रको राजधानी प्रागमा भएको फोरोम २००० को २८औं विश्व सम्मेलनबाट उक्त मंचको ग्लोबल को–अर्डिनेसन समितिको सदस्यमा चयन भएका छन्। फोरम २००० विश्वव्यापी रुपमा प्रजातन्त्र र मानव अधिकारको प्रवर्ध्दन र सम्बर्धनमा राजनीतिक दल र सरकारसंग संयोजन गरि काम गर्नुका साथै मानव अधिकारको पक्षमा स्थानीय नागरिक समाज र पत्रकारहरुसंग मिलेर काम गर्दछ।
नेता अधिकारीका अनुसार फोरम २००० फाउन्डेसन चेक गणतन्त्रका तत्कालीन राष्ट्रपति ख्áअबिख हवेल द्वारा सन् १९९६ मा स्थापित एक प्रतिष्ठित विश्वव्यापी संस्था हो। यसले विश्वव्यापी रुपमा प्रजातन्त्रको स्थापना यसको मूल्य मान्यतालाई समर्थन गर्दै मानव अधिकारको सम्मान, नागरिक समाजको विकासमा सहयोग, धार्मिक, सांस्कृतिक र जातीय सहिष्णुतालाई प्रोत्साहित गर्ने कार्यहरु गर्दछ।
यसका लागि यस मंचले विश्वव्यापी प्रमुख विचारक नेताहरू, प्रतिष्ठित व्यक्तिहरू नोबेल पुरस्कार विजेताहरू, पूर्व राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु, राजनीतिज्ञहरू, नागरिक समाजका अगुवाहरु, सामाजिक अभियान्तहरु, व्यापारिक नेताहरू र अन्य व्यक्तिहरूलाई प्रजातन्त्र र मानव अधिकारको महत्त्वपूर्ण मुद्दाहरूमा खुलेर बहस गर्न, साझेदारी गर्न र महत्त्वपूर्ण साझा अवधारणा तयार गर्न विश्वव्यापी संजाल निर्माण गर्दछ। जसले प्रजातन्त्र र मानव अधिकारको स्थायित्व र सुनिस्चितताका साथै यसबाट देश र जनताको बिकास र सुशासनको प्रत्याभूति दिन सक्ने वाताबरण बनाइ भूराजनीतिक अवस्थाको रणनीति तयार गर्नेछ। जुन विश्वव्यापी प्रजातान्त्रिक अभ्यास र अभियानको स्थापित मान्यताको रुपमा लक्षित छ।
















