काठमाडौँ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले मध्यपूर्वको अवस्थाबारे संयुक्त वक्तव्य जारी गरेका छन् ।
यी सबै देशहरूले यस क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि सम्झौतामा पुग्न पूर्ण समर्थन व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ( ुहामी राष्ट्रपति बाइडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल(सिसी र कतारका अमिर तमिमको संयुक्त आह्वानलाई यस हप्ताको अन्त्यमा चाँडो भन्दा चाँडो सम्झौतामा पुग्ने उद्देश्यका साथ वार्तालाई समर्थन गर्दछौं ।ु
विज्ञप्तिमा अगाडी भनिएको छ( ुसबै पक्षहरूले आ(आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। साथसाथै, गाजामा बिना कुनै बाधा पुर्याउन सहायताको लागि आवश्यक छ ।ु
पाँच देशले इरानी आक्रमण र यसले समर्थन गर्ने चरमपन्थी संगठनहरू विरुद्ध इजरायलको रक्षाको लागि आफ्नो समर्थन व्यक्त गरेका छन् । त्यसैगरी विज्ञप्तिमा इरानबाट इजरायलविरुद्ध सैन्य आक्रमणको निरन्तर धम्की रोक्न आह्वान गरिएको छ ।