images
images

यूएईमा रोजगारीका क्रममा २३१ नेपालीको मृत्यु

images

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले एक वर्षको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा दूतावासले विभिन्न कारणले मृत्यु भएका नेपालीको २३१ वटा शव व्यवस्थापन गरेर नेपाल पठाएको छ। यूएई रोजगारीमा गएका २३१ जनाको मृत्यु भएको दूतावासले जनाएको छ।

दूतावासले ४६ हजार ४०४ पासपोर्ट नवीकरणका लागि संकलन भएको उल्लेख गरेको छ भने ४३ हजार ७१८ वटा पासपोर्ट नवीकरण पश्चात वितरण गरिएको जनाएको छ। यस्तै, गत वर्ष ७ सय २ जनालाई भिसा प्रदान गरिएको छ भने ४४ जनाको जन्मदर्तासमेत गरिएको छ। भने दुई हजार १३५ जनाको ट्राभल डकुमेन्ट बनाइएको विवरणमा उल्लेख छ।

गत वर्ष दुतावासले क्षतिपूर्ति र इन्स्योरेन्सबापत ३४ लाख ४६ हजार ५०० एईडी अर्थात् झन्डै १२ करोड ६० लाख ७८ हजार रुपैयाँ खर्च भएको दूतावासले जनाएको छ। यसैगरी एक वर्षमा विभिन्न माध्यमबाट आएका सात हजार ५३४ वटा गुनासो तथा उजुरीहरूको सम्बोधन गरेको उल्लेख छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS