images
images

पाकिस्तानको साम्प्रदायिक हिंसामा ४५ जनाको मृत्यु, डेढ सय बढी घाइते

images

काठमाडौं । पाकिस्तानको सुरु भएको साम्प्रदायिक हिंसामा अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ ।

कुर्रम जिल्लाका जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिणत हुँदा मानवीय क्षति भएको हो ।

३० एकड जग्गाको स्वामित्वको विषयमा भएको विवादले उग्ररुप लिदा अन्य डेढ सय बढी मानिस घाइते भएको काश्मिर अब्जरर्भर समाचार पोर्टलले जनाएको छ ।

बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीच मतभेद चुलिएको हो ।

६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ । विवादमा वार्ता जारी रहदा एकजनाले गोली चलाएपछि हिंसा मच्चिएको हो ।

सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि त्यहा लडाई जारी छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS