images
images

२ दिनमा खान युनिसबाट डेढ लाख मानिस भागे : राष्ट्रसंघ

images

काठमाडौं । संयुक्त राष्ट्र संघका दुई संस्थाले सोमबारदेखि गाजाको खान युनिसबाट १.५ लाखभन्दा बढी मानिस भागेको बताएका छन् ।

गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस इजरायली आक्रमणको केन्द्र बनेको छ । इजरायलका अनुसार हमासले खान युनिसमा आफ्ना सेनालाई पुन:संगठित गर्ने प्रयास गरिरहेको थियो, जसलाई ध्यानमा राखेर यो हमला गरिएको हो।

इजरायल रक्षा बल (आईडीएफ) ले सोमबार खान युनिसको पूर्वी क्षेत्र खाली गर्न आदेश दिएको थियो ।

इजरायलको दाबी छ कि हमास लडाकुहरूले यो क्षेत्र आतंकवादी गतिविधि र रकेट आक्रमणका लागि प्रयोग गरिरहेको थियो ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले अभियान सुरु गरेदेखि कम्तीमा ८० प्यालेस्टाइनी मारिएको जनाएको छ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायका एक अधिकारीले बीबीसीको टुडे कार्यक्रममा सोमबार नयाँ आदेश घोषणा भएदेखि करिब १.५ लाख मानिस भागेको बताए।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS