images
images

यूएईका सडकमा प्रदर्शन गर्ने ५० बढी बंगलादेशीलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय

images

काठमाडौं । युनाइटेड अरब इमिरेट्सको अदालतले आफ्नो मुलुकको शान्तिमा दखल दिएको भन्दै ५० भन्दा बढी बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

बंगलादेशको आरक्षण विरोधी प्रदर्शन गरेर युएईको कानुनलाई उलंघन गरेको त्यहाँको अदालतले ठहर गरेको छ ।

अबुधाबी फेडरल कोर्ट अफ अपिलले आन्दोलनका लागि उत्तेजना फैलाएको भन्दै तीनजनालाई आजीवन कारावास, ५३ जनालाई १० वर्षको जेल र अर्का एक जनालाई ११ वर्षको जेल सजाय सुनाएको हो ।

उनीहरू बंगलादेशको सरकारविरुद्ध युएईका सडकमा उत्रिएका थिए ।

जेलजीवन काटेपछि उनीहरुलाई आफ्नै देशमा फिर्ता गरिने अदालतले जनाएको छ ।

यूएईमा राजनीतिक पार्टी र लेबर युनियनलाई कानुनले वर्जित गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS