काठमाडौं । रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उमेद्वारका लागि अनुमोदन गरेको छ ।
ट्रम्पलाई रिपब्लिकनले आज आधिकारिक उम्मेदवार घोषणा गरेको हो ।
अनुमोदन कार्यक्रममा ट्रम्पले उमेद्वारी स्वीकार गर्दै सबै अमेरिकीलाई एक हुन आग्रह गरे । गएको शनिबार भएको गोली काण्डपछि ट्रम्पले पहिलोपटक सार्वजनिक मन्तव्य दिएका हुन् ।
गत शनिबार पेन्सिलभानियामा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मन्तव्यका क्रममा ट्रम्पले भगवानको दयाका कारण आफु बाचेको उल्लेख गरे ।
उनले भगवान समेत आफ्नो पक्षमा रहेको भन्दै अमेरिकी जनताको साथ पाउनेमा विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले शनिबारको गोली काण्डमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उम्मेद्वार घोषणा सभामा ट्रम्प पत्नी मेलानिया पनि सहभागी थिइन् ।

















