images
images

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

images

काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना सङ्क्रमण देखिएको छ। लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी सङ्क्रमित भेटिए। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन्।

उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन्। बाइडेनलाई कोरोना सङ्क्रमणको हल्का लक्षण देखिएको छ। अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ।

राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ। अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना सङ्क्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ।

यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ पोजिटिभ भेटिएका थिए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS