images
images

रोल्स रोयसले भारतलाई एमटी ३० टर्बाइन उपलब्ध गराउने

images

काठमाडौँ– बेलायती मोटर निर्माता कम्पनी रोल्स रोयसले भारतीय नौसेनाका लागि आफ्नो ग्यास टर्बाइन उपलब्ध गराउने भएको छ ।

रोल्स रोयस कम्पनीले यूके–इण्डिया इलेक्ट्रिक प्रपल्सन क्यापबेलिटी पार्टनरशिप वर्किङ ग्रुपका लागि आफ्नो एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउने प्रस्ताव अघि सारेको हो a।

रोल्स रोयसका व्यापार विकास एवम् भविष्य कार्यक्रमका निर्देशक लेक्स जिनोले भारतीय नौसेनाका लागि आवश्वक पर्ने एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउन वर्किङ ग्रुपसमक्ष आफ्नो कम्पनीले प्रस्ताव गरेको पुष्टि गरे ।

यसबाट भारतीय नौसेनाका साथै तटरक्षा बल पनि लाभान्वित हुने उनको भनाइ छ ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार एमटी ३० टर्बाइन आधुनिक नौसैनिक प्रविधिमा निकै चुस्त मानिन्छ ।

रोल्स रोयसको यो प्रस्तावबाट बेलायत र भारतबीच नौसैनिक रक्षा प्रविधिमा नयाँ सहकार्यको विकास हुने अपेक्षा गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS