images
images

नृत्य प्रतियोगिताको उपाधी डमौली पब्लिकलाई

images

तनहुँ
तनहुँ जिल्ला भरका नेशनल प्याबसन विद्यालय स्तरिय नृत्य प्रतियोगिता व्यास–१ मा रहेको डमौली पब्लिक बोडिङ्ग स्कुल प्रथम भएको छ । व्यास ३ स्थित खुल्ला चौरमा शुक्रबार नृत्य प्रतियोगिता डमौली पब्लिक प्रथम भएको हो । प्रतियोगितामा लालिगुरास विद्यासागरले द्वित्तिय स्थान प्राप्त ग¥यो । प्रतियोगितामा तितृय स्थान इन्द्रेणी स्काई बोर्डिङ्ग स्कुलले प्राप्त ग¥यो । प्रतियोगितामा आदर्श विद्या गृह,तनहुँ ज्ञानगंगा बोर्डिङ्ग र तनहुँ तारा कुञ्ज बोर्डिङ्ग स्कुलले सान्तवना भएका थिए। प्रतियोगितामा २२ वटा विद्यालयले भाग लिएका थिए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमणा वाग्लेलेले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै वाग्लेले विद्यार्थी लक्षित यस्ता कार्यक्रमले प्रतिभाको पहिचान हुनुका साथै कला संस्कृतिको संरक्षण हुने बताए । कार्यक्रममा शिक्षा समन्वय इकाई तनहुँका प्रमुख उद्ववराज कट्टेल,नेशनल प्याबसनका तिलक चौहान,सिकन्दर गुरुङ्ग लगातयले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम नेशनल प्याबसन तनहुँका अध्यक्ष विश्वेश्वर खनालको अध्यक्षतामा भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS