तनहुँ
आँबुखैरेनी गाउँपालिकाको आयोजनामा र तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी इकाईको समन्वयमा प्रथम आँबुखैरेनी मिनी लगानी सम्मेलन २०८० हुने भएकाे छ ।
लगानीकर्ताहरुलाई गाउँपालिकामा लगानीको अवसरलाई नजिकबाट चिनाउने मुख्य उद्देश्य सहित कृषि, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, प्रविधि तथा विविध क्षेत्रको विकासको निम्ती आँबुखैरेनी गाउँपालिकाको आयोजनामा र तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी इकाईको समन्वयमा प्रथम आँबुखैरेनी मिनी लगानी सम्मेलन २०८० सञ्चालन गरिने भएको हाे ।
लगानी सम्मेलन चैत्रमा हुने पालिका अध्यक्ष शुक्र चुमानले बाताए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका लगानी कर्ताहरुलाई पालिका बाेलाएर लगानी गर्ने बातावरण निर्माण गर्न सम्मेलन गर्न लागिएको हाे ।
विभिन्न खालका रचनात्मक काम गरेर चर्चा कमाएकाे अाबुखैेरेनी गाउँ पालिकाले लगानी सम्मलेन मार्फत पालिकामा राेजगारी,उत्पादनमा बृर्द्वी हुने विश्वासका साथ याे काम गर्न लागेकाे हाे ।
















