युएई: सुरिन भुजेल
तनहुँ सेवा समाज युएईले “स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ खेलकुदका माध्यमबाट आपसी भाइचारा, सामाजिक सदभाव, नेपालीपन तथा मेलमिलापको भावना विकास होस् भन्ने अभिप्रायले तनहुँ सेवा समाज युएईले अन्तर नेपाली हरु बिच युएई ब्यापि खुल्ला “तेस्रो तनहुँ भलिबल प्रतियोगिता” अलकुजको बलेदिया र डोलस्को मा आयोजना गरिएको तेस्रो तनहुँ भलिबल प्रतियोगिता २०२४ को उपाधी पाल्पा भलिबल युनाइटेड युएईले हात पारेको छ।
२८ तारिक आईतवार का दिन तनहुँ सेवा समाज युएईको आयोजनामा प्रमुख अतिथि नेपाल एसोसिएसन, एनआरएनए युएईका अध्यक्ष बिकास शाही ज्युको आतिथ्यता भएको १९ टिम बिच प्रतिस्पर्धा भएको थियो ।फाईनल खेल पाल्पा भलिबल युनाइटेड र प्रदेशि हातेमालो सहकारी सस्था (B) युएई बीच दुबई स्थित अलकुज डेल्स्को भलिबल खेल मैदानमा सम्पन भएको छ । पल्पा टिमले हातेमालो B भलिबल क्लबलाई पहिलो सेट २५-२०, दोस्रो सेट २५-२० को सोजो २-० सेटमा जितेर प्रथम पुरस्कार ५,००० युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो त्यसै गरी हातेमालो B युएई ले द्वितीय स्थान हात पार्दै ३००० युएई दिराम पुरस्कार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात परेको थियो। त्यस्तै गरि तृतीय र चौथो हुन सफल तनहुँ सेवा समाज युएई A टिम र तनहुँ सेवा समाज युएई B टिमले सन्त्न्योना हुन सफल हुनुभएको छ। तृतीय हुनेले १०००, दिराम, कप, मेडल र प्रमाणपत्र र चौथो हुनेले १००० दिराम , कप मेडल र प्रमाणपत्र हात परेको थियो।
खेलको बेस्ट ब्लोकर पाल्पाबाट योगेन्द्र साउत, बेस्ट स्पाईकर हातेमालोबाट बिबेक तमाङ , बेस्ट सेटर हातेमालोबाट बाबा गुरुङ , बेस्ट सर्भिस हातेमालो बाट बिकास परियार , बेस्ट लिब्रो पाल्पा बाट सन्तोष गुरुङ , बेस्ट कुईकर मा हातेमालो का दिनेश सुनार , बेस्ट कोचमा पाल्पाका लोकेस ठकुरी त्यस्तै गरि उत्कृष्ट खेलाडीमा पाल्पाका प्रेम भन्डारि घोषित भएका थिए। उहाँहरुलाई कप, मेडल, प्रमाणपत्र हात पार्न सफल भएका थिए।
समाजका अध्यक्ष सुदिप कार्की, त्यतै गरि विशिष्ट अतिथि अन्तर्राष्ट्रिय तनहुँ समाजका उपाध्यक्ष, तनहुँ सेवा समाज युएईका प्रमुख संरक्षक, गैर आबसिय नेपाली संघ , अन्तर्राष्ट्रिय समन्वय परिषद -आईसिसि सदस्य दिपक खड्का त्यस्तै गरि बिशेष अतिथि हरुमा नेपाली समाज युएई, अध्यक्ष- बेद प्रसाद अर्याल, प्रमुख सल्लाहकार कृस रायमाझी, सल्लाहकार एब प्रबासि नेपाली मन्च युएई का अध्यक्ष टक गुरुङ, सल्लाहकारहरु अमर रानाभाट, ओम बहादुर गुरुङ, नेपाली जनसम्पर्क समिति युएई संरक्षक एन NRNA ICC सदस्य – खेम राज बस्नेत,
नेपाली जनसम्पर्क समिति युएई-सभापति भुवानीप्रसाद तिमिल्सिना, गैरआवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई उपाध्यक्ष एब लमजुङ समाज सेवा युएईका प्रमुख सल्लाहकार बिष्णु लाल श्रेष्ठ, नेपाली समाज युएईका महासचिव केदर कुवार, कास्की आदर्श सेवा समाज अध्यक्ष-शिब कुमार श्रेष्ठ गुल्मी सेवा समाज युएई- अध्यक्ष राम श्रेष्ठ ,प्रदेशि हातेमालो सहकारि सस्थाका अध्यक्ष मनु खड्का, सयपत्रि इस्ट्रर का सन्चालक अर्जुन श्रेष्ठ, एभरेस्ट मम का सन्चालक बिष्णु अधिकारी, NA NRNA NCC UAE का उपाध्यक्ष भिम मल्ल ठकुरी, NA NRNA NCC UAE का महासचिव भुवन कुमार वाग्ले, गुल्मी सेवा समाज युएईका संरक्षक कृष्ण गौतम , नेपाली समाज युएईका प्रबक्ता जिबन पङेनि, गुल्मि सेवा समाज युएईका प्रबक्ता, एब NRNA NCC UAE का सास्कृतिक बिभाग प्रमुख कमल जङ कार्की, नेपाली जनसम्पर्क समिति युएई का सहमहामन्त्री तुलसि भुसाल, गुल्मी सेवा समाज युएईका महासचिव एब NRNA NCC UAE का सचीव जिबन सिंह ठकुरी, कास्की आदर्श सेवा समाज युएईका बरिस्ठ उपाध्यक्ष शिबराज बस्टाकोटि, NA NRNA NCC UAE का सचिब कुमार श्रेष्ठ , ज्यु हरु लागाएत विभिन्न समाजिक ब्याक्तित्वहरुको उपस्थित रहेको थियो।
प्रतियोगितालाई नेपाल NA NRNA NCC का अध्यक्ष ज्युले बिशेष प्रयोजन, तनहुँ सेवा समाजका टिम कोच राजु तिमिल्सिनाले दोस्रो पुरस्कार प्रायोजन र अन्य प्रयोजकहरुमा समाजका सल्लाहकार एब NA NRNA UAE का महिला उपाध्यक्ष सोनम श्रेष्ठ का MT8848 नेपाली रेस्टुरेन्ट बाट खेलाडीहरुलाई जर्सि , पिउने पानी को प्रयोजन Mai Arab bottled drinking water, क्युट लुक्स व्युटि पार्लर, सयपत्रि ट्राभल, कोसेली ट्राभल,KD Fragrance fusion, YAK & YETI नेपाली रेस्टुरेन्ट,VNG Global तनहुँ सेवा समाजका टिम मेनेजर प्रदिप श्रेष्ठ (राजु), समाजका बरिस्ठ उपाध्यक्ष कल्पना रिमाल , तनहुँ सेवा समाज युएईका सल्लाहकार एब NA NRNA NCC UAE का उपाध्यक्ष प्रकाश थापा, तनहुँ सेवा समाज युएईका सल्लाहकार बिष्णु बगाले, NA NRNA NCC UAE का युवा सम्योजक एब समाज का उपाध्यक्ष अपिल भट्टराई, कार्यक्रम सम्योजक जितेन्द्र कार्की , मेरो डिजाइन मेरो उपाहार , योग नारायण अधिकारि ज्यु, लगायत कार्यसमितिका पदधिकारि ज्यु हरुले सहयोग गर्नुभएको थियो।
युएईमा रहनुहुने सम्पूर्ण संघ संस्था र खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु उपस्थिति भएर खेलाडीहरुलाई हौसला बढाई कार्यक्रममा प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्नु भएकोमा आयोजक टिमले धन्यवाद व्यक्त गरेको थियो ।