दमौली
नेपाल भुतपुर्व सैनिक क्लव तनहुँको वार्षिक वनभोज कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । जिल्ला भित्रका क्लवमा आबद्ध करिब ३ सय ५० जना भु पु हरू सहभागी कार्यक्रममा उनिहरूले खुसी साटासाट गर्दै सांस्कृतिक कार्यक्रममा रमाएका थिए ।
बनभोज कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व अध्यक्ष एवं ग्रिनविच गोर्खा एसोसियशन लन्डन का अधक्षय हरि कुमार मल्लले भु पु हरूले आफ्नो पहिचान दिनुपर्ने बताए । भु पु को कार्यक्रम हुँदा आफ्नो ड्रेस र तक्मा अनिवार्य लगाउन पर्ने भन्दै मल्लले आफुले पाएको बहादुरी त्यसले देखाउने बताए । हाम्रा भावी पिंडिहरूलाइ रोजगारिको अवसरका लागि भु पु हरूले आफ्नो पल्टनमा निरन्तर बुझिरहनु पर्ने र त्यसको लागि भु पु सैनिक क्लवले सहजीकरण गर्नुपर्ने मल्लको भनाइ थियो ।
भू.पू सैनिक क्लव तनहुँका अध्यक्ष क्या। तारालाल मल्लको अधक्ष्यतामा व्यास १ भादगाउँ स्थित क्लवको आफ्नै भवनमा भएको कार्यक्रममा विशिष्ट अतिथि क्लवका मानार्थ सदस्य लालबहादुर थापा रहेका थिए । यस्तै उक्त कार्यक्रममा व्यास४ का वडा अधक्ष्य(लेफ्टिनेन।मन बहादुर गुरुङ , व्यास-९ का वडा अधक्ष्य सुरेस थापा ,क्याप्टेन सन्तलाल श्रेष्ठ ,क्याप्टेन सहदेव उच्चै ठकुरी , सुवेदार मदराज मल्ल ठकुरी , सांस्कृतिक संयोजक हनेरि सुवेदार मेजर केशबहादुर थापा , वरिष्ट सल्लाहकार कर्णेल सुधिर गोदार थापा, सल्लाहकार क्या- सन्तलाल श्रेष्ट,क्या केशर ब.गुरुङ , देव ब.गुरुङलगायतले भु पु हरूको योगदान र महत्त्वको बारेमा बोलेका थिए । कार्यक्रममा भु पु सैनिक क्लवमा आबद्ध भएका नयाँ सदस्यहरू लाई स्वागत गरिएको थियो भने क्लवमा योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो । बनभोज कार्यक्रममा भु पु हरू खुसि हुँदै मनोरञ्जनका साथ रमाइलो गरेका थिए ।
















