तनहुँँ
गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशम बहादुुर जुुग्जाली सहितको टोलीले शनिबार वुुद्धसिंह मार्ग निर्माणको अवस्था बारेमा स्थलगत निरिक्षण गरेको छ । भ्रमणमा मन्त्रालयका सचिव शंकर प्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुुख सिनियर डिभिजन ईञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्य लगायत प्राविधिकहरुको टोली रहेको थियो ।
वुुद्धसिंह मार्ग निर्माणको अवस्थाको बारेमा स्थलगत निरिक्षण गर्दै मन्त्री जुग्जालीले । पोखरा मुुग्लीन र मुुग्लीन नारायणघाट सडकको वैकल्पिक मानिएको बुुद्धसिंह मार्गको निर्माण छिट्टो सम्पन्न गनृ निर्देशन दिए । अनुुगमन टोलीले निर्माण कार्यलाई तिब्रता दिन समेत निर्देशन दिएको थियो ।
दमौली देखि १० किलोमिटर दुुरीको सडक आक्सफाल्ट प्रबिधिको कालोपत्र गर्न ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम शुुरु गरेको छ । पोखरानारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त बाटो निर्माणपछि घुमाउनेबाट तनहुँ सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।
तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरु तथा दुईपाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुंगेपुल तरेर मुग्लिङद्दनारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।
धेरै वर्ष पहिला यो सडकको ट्र्याक खोलिए पनि बजेट अभावमा काम अगाडि बढ्न सकेको छैन । पोखरा र दमौलीलाई नारायणगढ सम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने सोढे,साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । सडकको ट्र्याक खुलेसँगै यो मार्गमा अहिले व्यापारिक चहल पहलसमेत बढेको छ ।
बुद्धसिं मार्गमा यातायात सञ्चालन सुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्तीहरु अहिले बजार बनेका छन् । । बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक ६☼ण्७ वटा बस र उत्तिकै सङ्ख्यामा जीपहरु चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरनी गाउँपालिकाद्द६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।
















