damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा भेटघाटमा ब्यस्त

तनहुँ

गैह्र आवासीय नेपाली संघ एनआरएनए को हुन गइरहको अधिवेशनमा सचिव पदका उम्मेदवार कृष्णजिवि पन्थ युरोप भ्रमणमा रहेका छन्। युरोपमा रहदा विभिन्न देशका एनआरएनए अभियान्ताहरू संग भेटघाटमा ब्यस्त रहेका छन् । पन्थ जर्मनी,डेनमार्क,बेल्जियम लगायत यूरोपको विभिन्न देशमा हुने कार्यक्रम भेटाद्दाटमा रहेका छ् । पन्थ अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठको टीमबाट सचिव पदका उम्मेदवार हुन्।

तनहुँमा जन्मिएर एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको पन्थले यूरोपका विभिन्न एनसिसीहरुसँग अन्तरक्रिर्या तथा भेटघाट गर्ने कार्यक्रम गरिहेका छन् ।

 

त्यस्तै, यूरोप भ्रमणको क्रममा जर्मनमा पन्थलाई एनसिसी जर्मनीले भब्य स्वागत गरेको थियो । कार्यक्रमा बोल्दै पन्थले गैर आवासीय नेपाली अभियानलाई सशक्त र मजबुत बनाउन आफूले सचिव पदमा उम्मेदवारी दिएको बताए । पन्तले विदेशमा रहेका गैर आवासीय नेपालीलाई नेपालसँग जोड्ने र नेपालको समृद्धिमा योगदान पुर्याउने भावनाले उत्प्रेरित भई अभियानमा अगाडि बढ्न चाहेको स्पष्ट समेत पारे ।
गैह्र आवासीय नेपाली संघ एनआरएनए को हुन गइरहको अधिवेशनमा सचिव पदका उम्मेदवार कृष्णजिवि पन्थ नोपलमा बिभिन्न सामाजिक अभियानहरु समेत संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

sukala