damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

सोमबार हुने कार्यक्रमको लागि साइग्रेस लन्डन आइपुगे

सोमबार हुने कार्यक्रमको लागि साइग्रेस लन्डन आइपुग
लण्डन। चर्चित स्टोरी टेलर ‘कथा वाचक’ साइग्रेस पोख्रेल सोमबार हुने कार्यक्रमको लागि आज लन्डन आएका छन् । सोमबार लन्डनको वोल्वुचमा हुन लागेको कार्यक्रमका लागि उनी स्पेनको बार्सिलोना बाट आज शुक्रबार बेलायत आइपुगेका हुन ।

युनि ल्याडर एजुकेसन कन्सल्टेन्सीको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सयौंको संख्यामा उनका समर्थकहरुको उपस्थिति रहने आयोजकले बताएका छन । पछिल्लो समय विभिन्न समाजिक संजालमा उनका कार्यक्रम स्थगित भएको भन्ने हल्लाको पछि नलाग्न पनि आयोजक बताएका छन । वुल्विचको ट्राम्सेडमा हुने सो कार्यक्रममा कडा सुरक्षा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

sukala