तनहुँ
तनहुँ अन्तर्राष्ट्रीय समाजको स्थापना हुने भएको छ ।
देस बाहिर बसेर पनि आफू जन्मिएको ठाऊको बारेमा सोच्नेहरुको समूह मिलेर छिट्टै तनहु अन्तर्राष्ट्रीय समाज (Tanahun International Forum)को स्थापना हुने भएको छ । जुलाई १५ मा संसारभरमा पुगेका तनुङ्गेहरु ZOOM बैठकमा भेला भएर यसको तयारीमा जुटेका छन् । युरोप, अमेरिका, कोरिया, जापान, हङ्गकङ्ग लगायत उत्तरपुर्वी र छिमेकि देशहरुमा बसोबास गर्ने तनुङ्गेहरु यतिखेर यसको स्थापनाको तयारीमा जुटिरहेका छन् र दसैं अगावै सार्वजनिक रुपमा घोषणा गर्ने योजनाका साथ लागिरहेका छन् ।
तनहु जिल्लाको सामाजिक र आर्थिक लगायत पर्यटनका विषयहरुमा सहयोग गर्नदेखि लिएर सामुहिक लगानीका विषयहरुमा कुरा चलिरहेको समूहका एक व्यक्ति बन्दिपुर-५ हाल अष्ट्रीया निबासी रबिचन्द्र भट्टराईले जानकारी दिए ।
यतिखेर विज्ञहरुको एउटा टोली संस्थाको नीतिनियमको तयारी गर्न लागिरहेको छ। साे नीति अागमी अगस्ट २० मा हुने ZOOM बैठकमा प्रस्तुत हुने भनिएको छ । कार्यसमितिमा कोको हुने र कस्तो कार्यदल बन्ने भन्ने विषयमा अझैसम्म कुनै टुंगो लागेको भने छैन । कार्यसमिति अक्टोबरमा हुने प्रथम सम्मेलनमा नै सार्वजनिक गरिने जानकारी भट्टराईले दिए ।
विदेशमा बस्ने तनुङ्गेले यो अभियानमा सहभागी हुन यो फेसबुक लिङ्कमा गएर आफ्नो सदस्यताको लागि नाम दर्ता गर्न सक्नेछन् । https://www.facebook.com/groups/688252181659680