काठमाडौ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको नेतृत्वको लागी डा. अर्जुन बन्जाडेको भेटघाट तथा चुनाबी सभा सिकागोमा भब्यताको साथ सम्पन्न भएकोछ। उक्त कार्यक्रममा डा. बन्जाडेले आफुले एनआरएनए अमेरीकामा गरेको योगदानहरूको चर्चा गर्दै अफ्नो चुनाबी एजेन्डाहरू बिस्तृत रूपमा प्रस्तुत गरेका थिए। एनआरएनए एनसीसी अमेरीकालाई सबैले अपनत्व महसुस हुने संस्थाको रूपमा बिकास गर्नको लागी संस्थामा ब्यापक परिबर्तन अपरिहार्य रहेको कुरा डा. बन्जाडेले बताए। उनले एनआरएनए एनसीसी अमेरीकामा आफूले पारदर्शी, समाबेशी र बिश्वसनीय संस्थाको परिकल्पना गरेको बताउदै आगामी निर्बाचनमा एक सक्षम र कुशल नेतृत्वको चयन गर्न उपस्थित महानुभावहरूलाई अपील गर्नु भयो। एनआरएनए अमेरीकालाई बिभाजनको कारकको रूपमा नभएर एकताको सम्बाहकको रूपमा बिकास गर्न अवश्यक रहेको कुरा बताउदै उनले आफू बिजयी भएमा अमेरीकामा रहेका नेपालीहरूको ज्ञान. सीप साधन र स्रोतहरूलाई मातृभुमीको बिकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बिषयमा बिस्तृत चर्चा गरे। उक्त कार्यक्रममा महासचिवका प्रत्यासी गोपेन्द्र भट्टराईले संस्थाको सचिवालय प्रणालीलाई कसरी चुस्त दुरूस्त र भरपर्दो बनाउन सकिन्छ भनेर चर्चा गरे भने कोषाध्य़क्षका प्रत्यासी रबिन्द्र उप्रेतीले आर्थीक पारदर्शीता र आस्थीक दीगेपन (Sustanable) को बारेमा आफ्नो धारणा राखे।
एनआरएनए एनसीसी अमेरीका, ईलिनोई च्याप्टरका अध्यक्ष ईन्द्रकान्त चौधरीको अध्यक्षतामा अनौपचारीक रूपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई नयॉ रूपमा छलफलको शैलीमा प्रस्तुत गरिएको थियो। ईलिनोई च्याप्टरको सचिब शुभाष अर्यालले संचालन गरेको उक्त कार्यक्रममा स्थानीय संघसंस्थाहरूमा नेतृत्व गरेका बर्तमान र निबर्तमान पदाधीकारीहरूको साथै सर्बसाधारणहरूको उल्लेख्य सहभागित रहेको थियो। उक्त कार्यक्रममा ईलिनोई च्याप्टर सचिब शुभाष अर्याल र सामाजीक अभियन्ता अनु खडकाले आफूले डा. अर्जुन बन्जाडेको उम्मेदवारीलाई सहयोग र समर्थन गर्दै बोर्ड अफ डायरेक्टरको उम्मेदवार हुने घोषणा गरे। एनआरएनए एनसीसी अमेरीकाका निबर्तमान बोर्ड अफ डायरेक्टर तथा भूतपूर्ब ईलिनोई च्याप्टर अध्यक्ष सत्य चौधरीले आफू एनआरएनए आईसीसी मेम्बरको आकॉक्षी रह्को कुरा बताउदै एनसीसी र आईसीसीको बिचको सम्बन्धलाई कसरी सुमधुर गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गरे। ईलिनोई च्याप्टर उपाध्यक्ष बलराम पोखरेलले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यबाद दिदै आफू च्याप्टर अध्यक्षमा उम्मेदवारी दिएको जानकारी गराउदै सहयोगको अपील गरे। एनआरएनए अमेरीकाका बोर्ड अफ डायरेक्टर बाला घिमिरेले कार्यब्यस्तताको कारणले अनुपस्थित रहेको जानकारी गराउंदै कार्यक्रमको सफलताको शुभकामना सन्देश पठाएका थिए।
उक्त कार्यक्रममा एनआरएनए अमेरीका ईलिनोई च्याप्टरका संस्थापक अध्यक्ष सुमन वस्ती, स्थानीय संस्था सीएनएफएसका महासचिब बिजेन्द्र बिक्रम राणा, जनसम्पर्क समिति ईलिनोईका कार्यबाहक अध्यक्ष कृष्ण खनाल, आशा मिडिया ग्रूपका प्रस्तोता जगन निरौला, सीकागोल्यान्ड थारू समाजका अध्यक्ष ओम प्रकाश चौधरी, सीएनटीएसका अध्यक्ष लक्षमण साह लगायतले एनआरएनएलाई कसरी सुद्धीढिकरण गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गरेका थिए। छलफलमा भाग लिदैं सीएनएफएसका निबर्तमान महासचिब शिब अधिकारी लगायत समाजीक अभियन्ताहरू खेम पाठक, सुरेन्द्र चौधरी, जीतेन्द्र राणा, गोपी चन्द्र भूसाल, सीपी भट्टराईका साथै अन्य समाजसेबीहरूले आफ्नो धारणा राखेका थिए भने उक्त छलफलमा उठेका सवालहरूको जवाफ डा. अर्जून बन्जाडेले दिएका थिए। डा. बन्जाडेको अर्को चुनाबी सभा आईतवार लेक्जीन्टन केन्टुकीमा हुन गईरहेकोछ।