images
images
images

लण्डनमा पहिलो पटक नेपाली फिल्म फेस्टिभल हुने

images

बेलायतको राजधानी लण्डनमा पहिलो पटक नेपाली फिल्म फेस्टिभल हुने भएको छ । नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली फिल्म फेस्टिभल–२०२३ आयोजना गर्न लागिएको हो । थर्ड आईले टिमको आयोजनामा हुन लागेको उक्त नेपाली फिल्म फेस्टिभलमा नेपालबाट करिब एक दर्जन कलाकारहरुको प्रस्तुती रहने थर्ड आईका टिमका निर्देशक विकास देवकोटाले बताएका छन् । उनका अनुसार करिब आधा दर्जन हलमा रिलिज भईसकेका तर युटुयुबमा प्रशारण नभएका फिल्महरु बेलायतकोे बिभिन्न सहरहरुमा प्रर्दशन गरिने भएको हो । नेपालीहरुको मौलिक संस्कृती, भेषभुषा र नेपाली चलचित्र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजन गर्न लागिएको हो देवकोटाले बताए । उनले भने “ अब बाट हामी यो कार्यकक्र बर्षिक रुपमा गर्ने योजना गराएका छौं । हामीले यहाँ प्राय नेपाली फिल्म हेर्न पाइदैन बिस्तारै अब यहाँ नेपाली फिल्म सहज रुपमा हेर्न पाईने व्यवस्थाको सहजिकरण गछौं ।

 

कार्यक्रममा नेपालबाट एक दर्जनभन्दा बढी कलाकार लण्डन आउने भएका छन्, जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मालगायत रहेका छन् । उक्त फेस्टिभल आगामी १८ देखि २५ फेब्रुअरीसम्म हुने र जीवन काँडाकी फूल, प्रकाश, झिंगेदाउ, प्रेमगीत–३ लगायतका फिल्म प्रर्दशनको तयारी गरिएको देवकोटाले बताए ।

उद्घोष न्यूज डटकमका लण्डनबाट राजेन्द्र परियार

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS