images
images
images

२० रुपैयाँको मुद्दामा २२ वर्षपछि फैसला , ब्याज सहित भुक्तानी गर्न आदेश

images

नयाँ दिल्ली ।
भारतको एकजना पुरुषले झण्डै बाइस वर्षपछि रेलवे टिकटको पैसा बढी तिर्नुपरेको मुद्दा जितेका छन् ।

पेशाले वकिल तुंगनाथ चतुर्वेदीले सन् १९९९ मा किनेका दुईवटा रेलवे टिकटको मूल्य साबिकको भन्दा २० रुपैयाँ बढी तिरेका थिए ।

यो घटना उत्तर भारतीय राज्य उत्तर प्रदेशको मथुरा क्यान्टोन्मेन्ट रेलवे स्टेसनमा घटेको थियो ।
गत साता उपभोक्ता अदालतले चुतुर्वेदीको पक्षमा निर्णय गर्दै रेलवेजलाई ब्याजसहित उनको पैसा फिर्ता दिन आदेश दिएको थियो ।

६६ वर्षीय चतुर्वेदीले बीबीसीसँग भनेका छन्, “यस मुद्दाको सिलसिलामा मैले एक सयवटा भन्दा बढी सुनुवाईमा भाग लिएको छु । यस मुद्दा लड्नका लागि मैले खर्चेको समय र उर्जाको मूल्य तपाईंले तोक्न सक्नुहुन्न ।” भारतमा उपभोक्ता अदालतले विशेषगरी सेवासँग सम्बन्धित उजुरीलाई हेर्ने गर्छ । तर, तिनीहरूसामु मुद्दाहरूको ठूलो बोझ हुने भएकाले कहिलेकाहीँ तिनीहरूलाई सानातिना मुद्दा सुल्झाउन पनि वर्षौँ लाग्ने गरेको छ ।

उत्तर प्रदेशमा बस्ने गरेका चतुर्वेदीलाई मथुराबाट मोरादावाद जाने क्रममा टिकट बुकिङ क्लर्कले उनले किनेका दुईवटा टिकटमा बढी पैसा लिएका थिए । त्यतिबेला एउटा टिकटको मूल्य ३५ भारु पर्थ्यो ।

उनले दुईवटा टिकटका लागि एक सय रुपैयाँ दिए । तर, उनलाई १० रुपैयाँ मात्र फिर्ता दिइएको थियो । उनले क्लर्कले बढी पैसा लिएको भन्दै गुनासो गरेपनि बढी गएको पैसा भने फिर्ता पाउन सकेका थिएनन् । त्यसैले उनले नर्थ इस्ट रेलवे .गोरखपुर० र बुकिङ क्लर्कविरुद्ध मथुरास्थित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले अन्ततः रेलवेजलाई जरिबानाबापत उनलाई १५ हजार रुपैयाँ तिर्न आदेश दिएको हो ।
साथै अदालतले उनलाई उनको २० रुपैयाँमा १९९९ देखि २०२२ सम्मको १२ प्रतिशत बराबरको ब्याज थपेर भुक्तानी दिन पनि आदेश दिएको छ ।
तोकिएको ३० दिनभित्र रकम भुक्तानी नभए ब्याजदर १५ प्रतिशत पुर्‍याइने निर्णय पनि अदालतले गरेको छ ।
बीबीसीबाट ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS