images
images
images

दक्षिण कोरियामा २० महिनापछि नेपाली कामदार जान पाउने, पहिलो चरणमा भोलि जाँदै

images

तनहुँ । दक्षिण कोरियामा २० महिनापछि नेपाली कामदार जान पाउने भएका छन ।

नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा लामो समय पश्चात नेपाली कामदार पठाउने काम सुरु हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

उक्त कार्यका लागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)को विशेष पहल रहेकोे थियो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु कोरिया जाने गरेकोमा २० महिना देखि कोरोनाभाइरस सङ्क्रमणका कारण जान पाएका थिएनन् ।

लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि श्रमिकहरुमा खुसीको सञ्चार भएको छ ।

पहिलो चरणमा ४८ जना श्रमिकहरु भोलि बुधबार साँझ कोरिया जाँदैछन् ।

साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरुलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेकोले श्रममन्त्रीका प्रमुख स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS