images
images

करको दर हेरफेर गरेपछि निशानामा अर्थमन्त्री वाग्ले

images

२६ जेठ, काठमाडौं । आर्थिक विधेयकमा रहेका करका दर आफूखुसी हेरफेर गरेपछि विपक्षी दलहरूको निशानामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले परेका छन् ।

संसद्मा विपक्षी दलहरूले यो विषयमा प्रश्न उठाइरहेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे ।

सभामुखले समय दिएपछि बोल्दै नेकपा एमालेका सांसद क्षितिज थेबेले अर्थमन्त्रीले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताए ।

मन्त्रालयले सार्वजनिक गरेको आर्थिक विधेयक वेबसाइटमा अपलोड हुने र डिलिट हुने क्रम पनि चलेको भन्दै उनले यसलाई गम्भीर विषय भएको बताए ।

नियतवश आर्थिक विधेयकमा चलखेल भएको भन्दै उनले यसलाई संसदले गम्भीर रूपमा लनुपर्ने र अर्थमन्त्रीले नैतिक रूपमा लिनुपर्ने आग्रह गरे ।

संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।

अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।

उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।

अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।

संसद् पेस गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।

संसद्का जानकारहरूका अनुसार संसद्‍मा पेस भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसद्‍मा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसद्‍मा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्‍मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।

यसबारे संसद्मा प्रश्न उठाउँदै एमाले सांसद थेबेले आर्थिक विधेयकमा भएको चलखेललाई अर्थमन्त्रीले नैतिक रूपमा लिनुपर्ने आग्रह गरेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले आर्थिक विधेयकमा भएको चलेखलाई सामान्य रूपमा लिन नसकिने बताए ।

‘संसद्मा बजेट पेस भएको छ । भन्सारमा चलखेलको आधारमा, मिलेमत्तोको आधारमा केही काम भए भन्ने उठिराखेको छ’ शाहीले भने, ‘यसका बारेका के हो ? जनताले जवाफ खोजेका छन् ।’अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS