images
images

प्रदेश आयुर्वेद चिकित्सालय,तनहुँमा कुटी स्वदेन यन्त्र सेवा सुरु

images

दमौली, ०७ साउन । तनहुँ स्थित प्रदेश आयुर्वेद चिकित्सालयमा कुटी स्वेदन यन्त्र (साउना) सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको ९ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सो कुटी स्वयदन यन्त्र सेवा एकैपटकमा ६ जना सम्मले उपयोग गर्न सक्ने बनाइएको छ ।

कुटी स्वेदन यन्त्रबाट बाथ दुखाइ घटाउने, मोटोपन कम गर्ने, र शरीरबाट विषाक्त पदार्थहरू पसिनाको माध्यमबाट बाहिर निकाल्ने जस्ता बहुप्रभावकारी फाइदाहरू हुने चिकित्सकहरूले जनाएका छन् । प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका प्रमुख डा. नारायण श्रेष्ठका अनुसार, साउना बाथबाट शरीरमा रगतको परिसंचालनमा सुधार ल्याउन, उच्च रक्तचाप नियन्त्रण गर्न र मानसिक तनाव घटाउन समेत सहयोग पुग्नेछ ।

कुटी स्वयदन यन्त्र के हो ?
कुटी स्वेदन यन्त्र बाथको प्रयोग शताब्दीयौँ देखिको परम्परा हो । विशेषगरी फिनल्यान्ड र युरोपेली मुलुकहरूमा यसको प्रयोग व्यापक छ । हाल विश्वभरै यसको माग बढ्दो क्रममा छ । डा। श्रेष्ठका अनुसार, कुटी स्वयदन यन्त्र वा स्टिम बाथ लिँदा शरीरमा जमेको धुलो, फोहोर र विषाक्त तत्वहरू पसिनासँगै बाहिर निस्कन्छन्, जसले छाला सफा र ताजा बनाउँछ । साउना बाथको नियमित प्रयोगबाट शरीरमा थकान हट्छ, डन्डीफोर कम हुन्छ, अनि शरीरमा हलुकापन र चपलता महसुस हुन्छ । साथै, व्यायाम गर्न समय नभएकाहरूका लागि साउना बाथ एक राम्रो विकल्प हो किनभने यसले धेरै क्यालोरी जलाउन मद्दत गर्छ ।

साउना बाथ सबैका लागि उपयुक्त नहुन सक्छ । चिकित्सकहरूका अनुसार साना बालबालिका, गर्भवती महिला तथा मिर्गौला वा छारे रोग भएका व्यक्तिहरूले साउना प्रयोग गर्नु हुँदैन । कुटी स्वेदन यन्त्रको प्रयोगको बेला शरीरबाट धेरै पसिना निस्कने भएकाले सो अवधिमा नुन र कागती भएको पानी पिउन सल्लाह दिइने गरिएको छ ।

साउना बाथबाट शरीरमा रहेका विकारहरू हटाउँन, तनाव कम गर्न , छालामा चमक ल्याउँन ,मोटोपन घटाउन सहयोगी हुने प्रदेश आयुर्वेद चिकित्सालयका डा। किरणचन्द्र पौडेलले बताए । पौडेलका अनुसार जोर्नी खुकुलो बनाउँछ , रक्तसञ्चालन सुधार गर्न ,शरीरलाई ताजगी र विश्राम अनुभूति गराउँने कामका लागि समेत साउन प्रयोग गर्ने गरिन्छ । जाडो महिनामा यसको प्रयोग अझ लाभदायक हुने जनाइएको छ प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS