
तनहुँ ।
घरायसी विवादमा आफ्नै भाउजुलाई कुटपिट गरेको आरोपमा म्याग्दे गाउँपालिका वडा नं. ६ का पुर्व वडा अध्यक्ष बसन थापा पक्राउ परेका छन् ।
म्याग्दे गाउँपालिकामा वडा नं. ६ सेरा बजारमा बसोबास गर्ने थापाले घरायसी विवादमा शनिबार दिउँसो घरमै आफ्नै भाउजुलाई कुटपिट गरेका थिए । उनले ४६ बर्षिय भाउजु नन्दमाया थापालाई कुटपिट गरेका हुन् । नन्दमाया थापााको कानमा र आखामा चाट लागेको बताइएको छ । उनलाई उजुरी पछि इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँले नियन्त्रणमा लिएको छ ।
अभद्र ब्यहारको कसुरमा पक्राउ गरी म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँले जनाएको छ । घटनामा थापाले आफ्नै बुवा ,आमालाई समेत दुब्र्यहार गरेको पारीवारीक श्रोतले बतायो ।
आफ्नै भाईले घरमा बुवा आमा र आफ्नो परिवारलाई बस्न नदिएको र भाडाको घरमा बस्ने गरेको पारिवारीक श्रोतले बतायो उद्घोष न्यूजलाई बताए ।
थापाले पटक पटक परिवारका सदस्यहरु माथि दुब्र्यहार गर्ने र धम्की दिने गरेको छ । कुटपिट गर्ने थापा नेकपा एमाले तनहुँको जिल्ला सदस्य तथा निर्माण ब्यवासयी संघ तनहुँका पुर्व अध्यक्ष समेत हुन् । थापा परिवारमा अंस सम्बन्धी विवाद रहेको छ ।