दमौली
तनहुँमा ५१ कुकुरको बन्ध्याकरण
दमौली
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बिश्व रेबिज दिवसको अवसरमा सोमबार कुकुर र बिरालोमा बन्धाकरण तथा रेबिज खोप सम्पन्न गरेको छ । शिबिरको पहिलो दिन ५१ कुकुर तथा बिरालोको निःशुल्क बन्ध्याकरण गरिएको हो । उक्त बन्ध्याकरण मंगलबारसम्म हुनेछ । शिबिरको पहिलो दिन घरपालुवा ३५ र सामुदायिक १६ गरी ५१ वटा कुकुरको बन्ध्याकरण र रेबिज बिरुद्धको खोप लगाइएको कार्यालयका पशु चिकित्सक रुद्रसिं ठकुरीले जानकारी दिए।
उहाँका अनुसार जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि केन्द्रले त्यस्ता कुकुरको बन्ध्याकरण गरेको हो । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागिएको छ । केन्द्रले व्यासभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।
कार्यालयका अनुसार यस वर्ष व्यास नगरपालिकालाई रेविजमुक्त बनाउने अभियान रहेको छ । कुकुरको संख्यामा न्यूनिकरण गर्ने उद्धेश्यले बन्ध्याकरण कार्यक्रमलाई प्राथामिकता दिइएको कार्यालय प्रमुख डा।राजेश कुमार चौधरीले जानकारी दिए।