images
images
images

गुनासो रहित ढङ्गबाट जनताको सेवा गर्न निर्देशन

images

तनहुँ
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) विकाशराज खनालले जनताको सेवा गुनासो रहीत ढङ्गबाट काम गर्न मातहतका इकाईहरुलाई निर्देशन दिएका छन् । नेपाल सरकार गृह मन्त्रालयको पुस २४ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) खनालले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँको निरिक्षण पछि सो निर्देशन दिएका हुन् ।

डिआईजी खनालले तनहुँमा बिशेष गरेर लागु औष नियन्त्रण,सवारी दुर्घटना न्यूनिकरण,साइवर अपराध नियन्त्रण,आत्महत्या न्यूनिकरण लगायतका बिषयमा गम्भिर भएर काम गर्न निर्देशन दिएका थिए । डिआईजी खनालले जिल्लावासीको गुनासो नआउने ढङ्गबाट काम गर्न समेत र्दिेशन दिएका थिए । गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेपछि पहिलो पटक तनहुँ महातहत कार्यालयमा दिर्नेशन तथा अनुगमनका लागि तनहुँ आएका हुन् ।

उनले सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका यूनिटहरुको निरक्षण समेत गरेका थिए ।

तनहुँ जन्म घर भएका प्रहरी नायव महानिरीक्षक खनाललाई तनहुँ जिल्लामा रहेका प्रहरी कार्यालयका प्रमुखहरुले स्वागत गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS