images
images

कृषि  विकास सहकारी संस्था लिमिटेडले बचत रकम  फिर्ता नगरेको  भन्दै उजुरी

images

तनहुँ
व्यास नगरपालिका वडा नं.–४ मा रहेको कृषि  विकास सहकारी संस्था लिमिटेडले आफुहरुको  बचत रकम फिर्ता नगरेको  भन्दै  बचत कर्ताहरुले जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरी  गरेका छन् ।
पटक–पटक गरी बचत गरेको रकम माग गर्न जाँदा समेत बचत रकम फिर्ता नगरेको बचत कर्ताहरुले उजुरीमा बताएका छन् । संस्थाका पदाधिकारीले पटक–पटक भाका राखे पनि आफुहरुले बचत रकम नपाएको उनीहरुको गुनासो रहेको छ ।  दुई बर्ष देखी आफुहरुले बचत फिर्ताको माग गर्दा समेत रकम नपाएको बचत कर्ता व्यास ४ की बाल कुमारी गुरुले बताइन । उनले भनिन्, ‘दुई बर्ष भो रकम मागेको फिर्ता दिने सुर नै गदैइनन् ।’  ‘व्यास–५ साँगेमा रहेको बंगुर फार्म विक्री गरेर रकम फिर्ता गर्ने बताए पनि  आफुहरुले लामो समय देखी रकम नदिएर सहकारीले पिडित बनाएको उनले गुनासो गरीन् ।’ उनले भनिन्, ‘हाम्रै परिवारका सदस्यहरुको मात्रै ६२ लाख भन्दा बढी बचत रकम फिर्ता गर्न बाँकी रहेको छ । ’
बचत फिर्ता नपाउने ४ जनाले सामुहीक रुपमा जिल्ला प्रशासन कार्यालयमा आवश्यक कारवाहीका लागि उजुरी दर्ता गराएका छन् । उनीहरुको मात्रै करिब ६२ लाख ७८ हजार रकम बचत फिर्ता पाउनु पर्ने  उजुरीमा दाबी गरेका छन् । उनीहरुले आफ्नो रकम  तत्काल फिर्ता पाउनु पर्ने  माग गरेका छन् ।
यसैवीच व्यास नगरपालिकाले  कृषि विकास सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएको उजुरी परेको र  पटक–पटक उक्त संस्थाका पदाधिकारी र पीडित वीच बचतकर्ताहरुले बचत फिर्ता गर्न निर्देशन दिदा समेत बचत कर्ताहरुको बचत रकम फिर्ता हुन नसकेको कारण बचत फिर्ताका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय तनहुँलाई शिफारीस साथ अनुरोध गरेको छ ।
व्यास नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गंगालाल सुवेदीको हस्ताक्षरीत पत्रमा सो बिषय उल्लेख रहेको छ ।
व्यास–४ मा रहेको कृषि  विकास सहकारी संस्था लिमिटेडको कार्यालय संचालनमा रहेपनि बचत कर्ताहरुको रकम फिर्ता दिन सकेको छैन् ।
बचत फिर्ता हुन नसक्नुको बिषयमा जिज्ञासा राख्नका लागि तनहुँ उद्घोष दैनिकले संस्थाका अध्यक्ष तिल बहदुर थापाको  मोवाइलमा दुई पटक सम्म सम्र्पक गर्दा समेत  सम्पर्क हुन सकेन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS