तनहुँ
व्यास नगरपालिका वडा नं ३ दमाैली मा रहेको राजा महेन्द्रकाे शालीकमा टाउको राखिएको छ । राति ४ बजे राजाको टाउको राखिएको बताइएको छ । महेन्द्र सालिक रहेकाे साे ठाँउकाे जग्गा न्यून भाडमा ब्यक्तिलाई दिएकाे छ ।साे नर्सरीमा रहेको महेन्द्रकाे सालिक ०६२/०६३ काे जनआन्दाेलनमा भत्काइएकाे थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको दिनमा राख्न खाेज्दा ठुलो संख्यामा प्रहरी परिचालन भएकोले असफल भएको थियो । बिहानै ४ बजेको समयमा प्रहरीलाई छक्याउँदै बुधबार सालिककाे टाउको राख्न सफल भएको राप्रपा व्यास नगर सभापति आइतबहादुर घलेले बताए ।