images
images
images

दमौलीका भुजेल महिलाहरुलाई जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम

images

दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा तनहुँको दमौलीमा दुई दिने जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा दमौलीका भुजेल महिलाहरुलाई प्रशिक्षक इन्दिरा श्रेष्ठले जलवायु परिवर्तनका असर, समाधानमा उपाय लगाएत विभिन्न विषयमा प्रशिक्षण दिएकी थिइन् ।

उक्त दुई दिने तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि भुजेल महिला समाजकी केन्द्रिय अध्यक्ष बसुन्धरा घर्तीले तालिममा सिकेका कुरा आफ्नो दैनिक जीवनमा उतार्नुपर्ने बताई । तालिमलाई तालिममा मात्रै सिमित राख्नुहुँदैनु उनले भनिन सिकेका कुरा अरुलाई पनि सिकाउनुपर्छ ।

आदिवासी त्यसमा पनि भुजेल जातिको महिला पछाडी रहेकाले तालिमको माध्यमबाट नयाँ कुरा सिकाउने मौका मिलाईएको उनले बताईन । उनले थपिन जलवायु परिवर्तनका विषयमा सबै जना सचेत हुनुपर्छ ।

नेपाल आदिवासी महासंघ तनहुँका वरिष्ठ उपाध्याक्ष नन्दु थापाले जलवायु परिवर्तनको असर बढ्दै जाँदा भविष्यमा मानवको अस्तित्व नै लोप हुने अवस्था आउने बताए । यसमा असरबाट बच्न र समाधानको उपाय बेलैमा अप्नाउन जरुरी रहेको उनले बताए ।

त्यस्तै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) तनहुँका अध्यक्ष किरण श्रेष्ठले पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसममा समेत असर देखिएको बताए । उनले भने हिमालमा हिउँ कम हुँदै जान थालेको छ, सेता हिमाल काला देखिन थालेका छन् ।

जलवायु परिवर्तनको असर हाम्रो दैनिक जीवनमा समेत परेको छ । उनले भने पानि पर्ने समय नै परिवर्तन हुन थालेको छ, जसले गर्दा कृषि क्षेत्रमा समेत असर पर्न थालेको छ ।

समापन कार्यक्रमकी अध्यक्ष राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी जनसम्पर्क सचिव रिना बरामले भुजेल महिलाको सहभागीता र सिक्न खोज्ने बानिले खुशी लागेको बताईन । उनले पनि सिकेका कुरा व्यवहारमा उतार्न तालिममा सहभागी महिलालाई जोड दिईन ।

सो कार्यक्रममा सहभागी महिलाहरु मध्य १६ जनाको समुह गठन गरी सिड मनि ३५ हजार रुपैयाँ समेत आयोजकले हस्तान्तरण गरेको छ । सो रकमबाट उक्त समुहका महिलाले लगानी गरी विभिन्न उत्पादन मुलक काममा उपयोग गर्नेछन ।

कार्यक्रमको संचालन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कर्मचारी हिरा तामाङले गरेकी थिइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS