images
images
images

भरतपुर कारागारका एक कैदीको मृत्यु

images

चितवनको भरतपुर कारागारका एक कैदीको मृत्यु भएको छ।

भारतको नरकटियापुरी २ घर भई हाल चितवनको माडी ३ बस्ने ३६ वर्षीय जुगेश्वर महतोको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

कर्तव्य ज्यानको कसुरमा कैद भुक्तान गरिरहेका महतोको उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको हो।

भदौ ११ गते उनलाई अस्पताल भर्ना गरिएको थियो। आइतबार साँझ उनको मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS