images
images
images

तनहुँ समाज अस्ट्रेलियाले गर्यो विविध वनभोज कार्यक्रम

images

सिड्नी । तनहुँ समाज अस्ट्रेलियाले योगा, प्राणायाम, ध्यान, भजन कृतन, नाचगान र वनभोज सहित वेलिबिङ्ग कार्यक्रम कार्यक्रहरु सम्पन्न गरेको छ । १९ अगष्ट आईतबार सिड्नी स्थित टेम्पे पार्कमा आयोजना गरिएको कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु र प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा तनहुँ समाज अस्ट्रेलियाका अध्यक्ष मेघराज पौड्यालले तनहुँ समाजको स्थापना काल देखिनै विभिन्न सामाजिक गतिबिधि सञ्चालन गर्दै आईरहेको र कलाकारिता देखि विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई स्वागत एवम् सम्मान गरेको बताए । उनले केही समयदेखि यता भने तनहुँ समाज ओझेलमा रहेको र यसलाई जीवन्त दिने र पुन ः सशक्त बनाउन सबैको साथ सहयोग अपेक्षा गरेका थिए ।


रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले तनहुँ समाज पनि रुपन्देही सामाजिक सञ्जालजस्तै सगंसंगै स्थापना भएर तनहुँ स्थायी घर भएका व्यक्तिहरुलाई एकत्रित बनाउने र एनआरएनए संगै यहाँ रहेका संघ संस्थासंग समेत समन्वय गरेर अगाडी बढ्ने कुरामा विश्वास व्यक्त गरेका थिए । उनले एनआरएनएका उद्धेश्यहरुलाई पुरा गर्न एकद्धार प्रणालीबाट हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए ।

तनहुँ समाज अस्ट्रेलियाका संस्थापक अध्यक्ष पीआर अधिकारीले तनहुँ समाजले तनहुँबाट अस्ट्रेलिया आएका व्यक्तिहरुलाई संगठित गरी विभिन्न कार्यक्रहरु गर्दै आएको भन्दै स्थापना कालदेखि हालसम्म संस्था झनै सक्रिय बन्दै गईरहेको बताए ।

समाजका सल्लाहकार दिनेशराज जोशीले तनहुँ समाजले तनहुँको माटोमा हुर्केका नेपालीहरुलाई एकताबद्ध बनाउँदै विभिन्न संघसंस्थासंग हातेमालो गरेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिए । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एनआरएनएले विभिन्न संघसंस्था र यस्ता कार्यक्रमहरुलाई समन्वय गर्दै अगाडी बढिरहेको भन्दै तनहुँ समाजसंग आफु नजिक रहेर काम गरेको बताए । आफ्नो कार्यकाल सकिन लागेपछि संस्थाको सहयोगका लागि आफु सदैव प्रतिबद्ध रहने बताए । एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङले तनहुँ समाजसंग आफुले विगतमा पनि सहकार्य गर्दै आईरहेको भन्दै आगामी दिनमा पनि उक्त सहयोगकालागि सदैव तत्पर रहने बताए । कार्यक्रममा योगा, ध्यान प्रमाण, भजन कृतन, नाचगान सहित वनभोज कार्यक्रम भव्य रुपम सम्पन्न भएको थियो । बिहान सुरु भएको कार्यक्रममा वेलिबिङ्ग कार्यक्रम सम्योजक सिर्जना थापाले योगा गराएकी थिईन् भने संस्थाका सल्लाहकारहरू दिनेश जोशी, परशुराम अधिकारी, डा।बाबुराम बस्ताकोटी, सुदिप ढकाल रुपन्देही सामाजिक सञ्जाल अध्यक्ष मुक्ति पोखरेल, साउथवेष्टबाट लिबरल पार्टीका सांसद पदका उम्मेदवार नेता बिनोद पौडेल , उपाध्यक्ष सूर्य खनाल महासचिव हरि भट्टराई सचिव दामोदर अधिकारी कोषाध्यक्ष संगीता खनाल सदस्य सिर्जना थापा, प्रकाश पौडेल, बिनोद सुनुवार, बाबुकृष्ण बगाले लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS