
तनहुँ
केही दिनदेखि परेको अबिरल बर्षाका कारण भादगाउँ खिरखादी मुहानको पानी अबरुद्व भएको छ । खानेपानी अबरुद्व हुँदा दुई हजार छ सय असी घरधुरीमा प्रत्यक्ष असर पर्न गएको छ । पानी सुचारु गर्न संस्थाका पदाधिकारी,कर्मचारीहरु एक सातादेखि फिल्डमा अहोरात्र खटिदै आएका छन् ।
एक सातादेखि पहिराले क्षति बनाएको जिआइपाइप मर्मत संम्भार गरी पानी सुचारु गरेपनि पानी पास नभएपछि समिति र कर्मचारीका लागि टाउँको दुखाई बनेको छ ।
पुन ः मंगलबार बिहान हेर्दै जाने क्रममा व्यास–१३ को निउरोघारी नजिक ठुला पहिरा खसेर क्षति हुँदा तत्काल पानी सप्लार्यस गर्न नसकिने देखिएको बताइएको छ ।
व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खिरखादी तथा करादी मुहानबाट ल्याएको पानी एक सातादेखि अबरुद्व भएको छ ।
व्यास–१३ को खिरखादी मुहानबाट करिब १३ किलोमिटर लामो दुरीबाट ल्याइएको खानेपानीको जिआइ पाइप पहिराले क्षति बनाएपछि अबरुद्व भएको हो ।
कर्मचारी र संस्थाका पदाधिकारी समेत गरी दैनिक १०÷१२ जना जनशक्ति एक हप्तादेखि खटिदै आएपनि पानी सुचारु गर्न नसकिएको भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । ।
उक्त खिरखादी मुहानको पानी प्रति सेकेण्ड नौ लिटर क्षमता रहेको छ । उनले भने,‘लामो दुरीबाट पानी ल्याइएकाले कहाँनिर बिग्रिएको भन्ने पत्ता लगाउनै गाह्रो हुँदा काम गर्न कठिनाई भएको छ ।’
पहिराले खानेपानीको पाइप क्षति बनाएको ठाउँमा मर्मतरसंम्भार गरी पानी सुचारु गरेपनि पानी पास नहुँदा समस्या हुने गरेको उहाँले बताए ।
पानी सप्लार्यस नभएपछि मंङगलबार बिहान हेर्दै जाँदा व्यास–१३ स्थित न्यूरोघारीमा पहिराले ५० मिटर जिआइ पाइप बगाएर सेतीनदी किनारमा पुराएको भेटिएको उनले जानकारी दिए ।
ठुला–ठुला ढुगा साथै डाँडै पहिरा खसेकाले अझै दुई÷चार दिन समय लाग्ने देखिएको छ । पहिराका कारण बुद्धसिं मार्ग समेत अबरुद्व भएको छ ।
डोजरका सहायताले पनि पहिरा पन्छाउन कठिनाई हुने देखिएकाले सास्ती भोग्नु परेको संस्था अध्यक्ष चिजबहादुर दरैले बताए ।
संस्थाले साना ठुला गरी तीन वटा योजनाबाट प्रतिसेकेण्ड १७ लिटर पानी संकल गरी उपभोक्तालाई बितरण गर्दै आएको उनले जानकारी दिए ।
खिरखादीबाट प्रति सेकेण्ड नौ लिटर र छाब्दी खोलाको दुई वटा सम्पवेलबाट प्रति सेकेण्ड आठ गरी प्रति सेकेण्ड गरी कूल सत्र लिटर पानी संकलन हुदै आएको सो संस्थाले जनाएको छ ।
दैनिक संकलन गरी बितरण गरेको पानीबाट दुई हजार छ सय असी घरधुरीका एक्काइस हजार बढी मानिस लाभान्वित हुने गरेको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।
व्यास–१ का २५ टोल र व्यास–१२ को १ टोलका बासिन्दालाई खानेपानी बितरण गर्दै आएको छ । यस क्षेत्रमा बस्ती बिस्तार हुदै जाँदा हालको पानीको स्रोतले धान्न नसकेपछि मादीनदी लिफ्टीङ्ग खानेपानी आयोजनाको समेत निर्माण कार्य भैरहेको सचिव हड्खलेले बताए ।
बिश्व स्वास्थ्य संगठनले नमुना खानेपानी संस्था निर्माणको लागि नेपालको ४२ हजार खानेपानी संस्थामध्ये यस खानेपानी संस्था दश वटा संस्थाभित्र यस खानेपानी संस्था छनौट हुन सफल भएको छ ।
विश्व स्वास्थ्य संगठनको खानेपानी संम्बन्धि अबधारण अनुरुप अहिले रु।सवा छब्बीस करोडको आयोजना २७ प्रतिशत घटिघटाउ टेण्डरमा भादगाउँ सहलगानी खानेपानी आयोजनाको काम भैरहेको हो ।
नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लगानीमा नेपाल सरकार,यस खानेपानी संस्था र निर्माणकर्ता बीच सम्झौता भई पराजुली कन्टक्सन प्रा।लि।ले निर्माणको काम गरिरहेको छ ।
उक्त आयोजना अन्र्तगत हालसम्म ६० प्रतिशत कार्य प्रगति भएको भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष बिष्णु बहादुर बस्नेतले जानकारी दिए ।