images
images
images

मुअब्जा लिएर पनि घर भत्काउन अटेर गर्दै डुम्रेबजारका घरधनी

images

तनहुँ । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घर टहरा भत्काउन केही घरधनीले आलटाल गरिएको मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का योजना प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले बताए ।

मापदण्डभित्रका घर टहरा भत्काउन केही घरधनीहरुले सुरु गरीसकेको र केही घरधनीहरुले मुअब्जा लिएर पनि भत्काउन अटेर गर्दै आलटाल गरेपछि गत सोमबार सडक योजना ९पूर्वी खण्ड० ले बन्दीपुर गाउँपालिका वडानं। १ लाइ संरचना हटाउन ताकेता गरिदिन पत्रचार समेत गरेको छ ।

सडक योजनाको रेखांकन भित्र आफ्नो संरचनाहरु हटाएको नपाइकोले मुअब्जा रकम बुझ्नेहरुले १५ दिन भित्र संरचनाहरु हटाउन र मुअब्जा पाउनको लागी पहिलो किस्ता नपाएकाहरुलाइ निबेदन दिन समेत आग्रह गरेको छ । १५ दिनभित्र संरचना पनि नहटाउने र निबेदन पनि नदिनेहरुलाइ प्रचलित कानुन अनुसारको पक्रिया सुरु गरिने पनि जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS