images
images
images

राजस्व कार्यालय दमौलीले गरे ४७ फर्मका बैंक खाता रोक्का

images

दमौली । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ। गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो।

कार्यालयले गत ५ वैशाखमा पहिलो पटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए। व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए।

उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेकाले सोहीअनुरूप बैंक खाता रोक्का गरिएको उनको भनाइ छ। उनका अनुसार तनहुँमा २८, लमजुङमा १३ र गोरखामा ६ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ।

१० अर्ब बढी राजस्व संकलन

आर्थिक वर्ष २०७९र८० मा १० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ। ११ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरूप राजस्व संकलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए।

आर्थिक वर्ष २०७८-७९ मा ९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले बताए। उनका अनुसार उक्त वर्ष ९ अर्ब २४ करोड राजस्व संकलन भएको थियो।

७२ हजार बढी करदाता

तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन्। गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्धि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। पछिल्लो समय नागरिकमा पाननम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने सचेतनाको वृद्धि हुँदै गएकाले करदाताको संख्या बढेको कार्यालयले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS