damuli hospatail

२४ मंसिर २०८०, आईतवार

आँबुखैरेनीको शैक्षिक सुधार कार्यमा आँबुखैरेनी सहकारीको आर्थिक सहयोग

तनहु
आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाले गाउँपालिका कार्यालयलाई रु।एक लाख पचास हजार सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यका लागि उक्त सहयोग गरेको हो ।

गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिका कार्यालयले थालेको अभियानमा विभिन्न संघसंस्था,व्यक्तिबाट समेत सहयोग जुट्न थालेको गाउँपालिका कार्यालयले जनाएको छ । आर्थिक सहयोग गर्ने उक्त सहकारी संस्थालाई गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala