नेपाल भु पु सैनिक क्लव वीर गोर्खाली स्मृति स्तम्भको प्रथम स्थापना दिवस सम्पन्न भएको छ । बिहिवार भु पु सैनिक क्लवको भवन व्यास १ भादगाउँमा स्थापना दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि क्लवका मानार्थ सदस्य लालबहादुर थापाले क्लवले आँफुलाइ धेरै माया गरेको बताए । क्लवलाइ अगाडि बढाउनको लागि हिजोको दिनमा पनि आँफुले सहयोग गर्दै आएको र भोलिको दिनमा पनि सकेको सहयोग गर्ने भन्दै उनले ३० हजार रूपयांको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । भु पु सैनिक हरूको हक हित र अधिकारको लागि सम्पुर्ण भु पु हरू एकजुट हुनुपर्ने थापाको भनाइ थियो ।
कार्यक्रममा क्याप्टेन सन्तलाल श्रेष्ठले भु पु सैनिक परिवारले पाउने पेन्सन लगायतका अन्य सुविधाका कुराहरूको बारेमा जानकारी गराएका थिए । क्या। श्रेष्ठले भु पु हरूले आँफुले पाउने सेवा सुविधाका बारेमा जानकारी लिइराख्नुपर्ने र आएका अवसरको सदुपयोग गर्दै अवसर लिन सक्नुपर्ने बताए । श्रेष्ठले भु पु सैनिकको बारेमा केन्द्रीय कार्यलयवाट आएको पत्रको बारेमा पढेर सुनाएका थिए । कार्यक्रममा क्लवका अध्यक्ष क्याप्टेन तारालाल मल्लले तनहुँमा ५ सय जना भन्दा बढी भु पु हरू आजिवन सदस्य रहेको बताए । मल्लले सामाजिक सेवाको भावना अन्तर्गत अफ्ट्यारो परेका मानिसलाई क्लवले सहयोग गर्दै आएको भन्दै आगामि दिनमा पनि सहयोग गर्दै जाने उद्धेश्य रहेको बताए । पेन्सन सम्बन्धि परामर्श , नागरिकता सम्बन्धि परामर्श , एकल महिलाको बारेमा सिफारिस लगायतका कुरामा क्लवले सहयोग गर्दै आएको अध्यक्ष मल्लले बताए ।
क्लवको हरेक गतिविधिमा व्यास नगरपालिकाको समेत बिशेश सहयोग रहेको उनको भनाइ छ । क्लवको भवन बनाउँदा आफ्नै भु पु हरूको सहयोगमा बनाईएको नायब सुवेदार प्रेमबहादुर पुनले बताए । क्लवको भवन माथि हलको आबस्यकता रहेको भन्दै पुनले ट्रस र सौचालय बनाउने सोच आँफुहरूको रहेको क्लवका कोशाध्यक्ष समेत रहेका पुनले बताए । क्लवका अध्यक्ष क्याप्टेन तारा लाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा क्याप्टेन सुर्ज कुमार मल्लले धन्यवाद मन्तब्य दिएका थिए भने क्लवका उपाध्यक्ष क्याप्टेन सहबिर उच्चै ठकुरीले स्वागत र सुवेदार मदराज मल्लले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई उत्कृष्ट नृत्य द्वारा स्वागत गरिएको थियो । कार्यक्रममा भु पु सैनिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।