तनहुँ
नेपाली कांग्रेसका युवा नेता पुर्ण बहादुरले गुरुङ एमाले प्रवेश गरेका छन् । सोमबार नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिकामाला गरेर गरुङ एमाले प्रवेश गरेका हुन् । सो अवसरमा एमाले तनहुँका नेताहरु राम बहादुर गुरुङ, केदार सिग्देल लगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता गुरुङले समाजिक संजाल फेसबुकमा लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उनले कांग्रेसमा ‘चाकरी चाप्लुसी फरियावाद नाताबाद कृपावाद ढोके चम्छे हरुको बिरासत कै कारण आजदेखी नेपाली काङ्ग्रेसको राजनीतिबाट टाढा रहेको र नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत बाट राजिनामा गरेको र साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु।’ भनेर लेखेका थिए ।
२०७० सालको दोश्रो संविधान सभामा स्वतन्त्र उम्मेदवार रहेका गुरुङले लोकपीय मत ल्याएका थिए । तनहुँका युवामाझ गुरुङ लोकप्रीय रहेका नेताको रुपमा रहेका छन् ।