
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित आँबुखैरेनी बजारमा एलिशा हेल्थ केयर पोलिक्लिनिक प्रा. लि. संचालनमा आएको छ । २४ सैं घण्टा अनुभवि जनरल फिजिशियन डाक्टरको व्यवस्था सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आजदेखि पोलिक्लिनिक संचालनमा आएको हो।
पोलिक्लिनिकको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले रिबन तथा केक काटेर शुभारम्भ गरेका छन्। कार्यक्रमलाई सम्बोन्धन गर्दै आँबुखैरेनीमा स्वास्थ्य संस्थाहरुको खुल्ने क्रम बढेसँगै स्थानीय नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा अझ सहज रुपमा पाउन सक्ने वातावरण बनोस् भनि शुभकामना दिए। साथै स्वास्थ्य सेवा सधै नागरिकसँग जोडिने भएकोले पोलिक्लिनिकले आफ्नो व्यवसायीक प्रगती मात्र नभै नागरिकको जीवनका लागि पनि सेवामुलक काम गरोस् भन्नेमा उनले जोड दिए।
यस्तै कार्यक्रमका सभापति एवं पोलिक्लिनिकका संचालक लक्ष्मी थापा क्षेत्रीले आँबुखैरेनीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि २४ सैं घण्टा जनरल फिजिशियन डाक्टरको व्यवस्था रहने गरि पोलिक्लिनिक संचालनमा ल्याएको बताए। उनले भने ‘यतिमात्र नभै हामी केहि दिन पछि साप्ताहिक रुपमा विशेषज्ञ डाक्टरको सेवा समेत सुरु गर्नेछौ भने बृहत रुपमा स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्नेछौं।’ साथै अत्याधुनिक ल्याव सहितको इमर्जेन्सी सेवा समेत रहेको पोलिक्लिनिकमा स्थानीय नागरिकहरुको माग अनुसार थप सेवाहरु वृद्वि गर्दै लैजाने उनले बताए।
आँबुखैरेनी चोक देखि करिब २०० मिटर अगाडी पोखरारोड साईडमा रहेको पोलिक्लिनिकमा २४ सैं घण्टा जनरल फिजिशियन डाक्टर ढाकाराम लामिछाने सहितको स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइनेछ भने ओपिडी, इमर्जेन्सी, ल्याव, फार्मेसी लगायतका सेवाहरु उपलब्ध हुनेछ।
पोलिक्लिनिकले शुभारम्भ अवसरमा आज एकदिनका लागि सेवाग्राहीहरुलाई ओपीडि सेवा निःशुल्कका साथै फार्मेसीमा १०% र अन्य कुनैपनि सेवामा ५०% सम्म छुट दिइएको थियो ।