images
images
images

तनहुँका ३ जनालाई जनसेवाश्री

images

दमौली ,
तनहुँका तीन जनाले जनसेवाश्री पदक पाएका छन् । संविधान दिवसका दिन सरकारले प्रदान गरेको पदकको सूचीमा तनहुँमा राणाकालदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय मोतिकुमार श्रेष्ठले पदक पाएका हुन् ।
उनी राणाकालमा राणा तथा त्यसलगत्तै पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय थिए । २०६२÷०६३ को आन्दोलनमा समेत सक्रिय श्रेष्ठ हाल वृद्धावस्थाका कारण राजनीतिमा सक्रिय छैनन् ।
उनीसँगै पदक पाउनेमा कांग्रेस नेता समुन्द्र गोदार तथा छत्रराज भण्डारी छन् । गोदार व्यास तथा भण्डारी भानु नगरपालिकाका हुन् । गोदार यस अघि कांग्रेस जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि थिए भने भण्डारी पार्टी जिल्ला कोषाध्यक्ष थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS