images
images
images

तनहुँको प्रदेश सभा २ क मा माओवादी केन्द्रबाट ७ जनाको दावी

images

तनहुँ
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तनहुँको प्रतिनिधि सभा क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका आकांक्षी उम्मेदवार बारे छलफल भएको छ । शुक्रबार तनहुँको दुलेगौंडामा बसेको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा क्षेत्र नं. २, क्षेत्रीय समन्वय समितिको बैठकले सम्भावित उम्मेदवार बारे छलफल गरेको हो ।

बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ आशा कोइरालाले र समानुपातिकमा शम्भुबहादुर अधिकारीले उम्मेदवारी दावी गरेका छन् ।

यसैगरी प्रदेश सभा सदस्य उम्मेदवारमा प्रदेश सभा २ कमा ओेमराज आले ‘मदनु’ सोमबहादुर थापा ‘एस्बीु’ मदन पौडेल, मुक्ति सिग्देल, राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने र विकास श्रेष्ठले दावी गरेका छन् ।

यस्तै प्रदेश सभा २ ‘ख’बाट प्रत्यक्षतर्फ देवीकुमारी बुर्जाले उम्मेदवारी दावी गरेकी छन् ।यस्तै प्रदेश सभाको समानुपातिकतर्फ दलितबाट डिलबहादुर नेपाली, जनजातिबाट रामबहादुर थापा, महिलाबाट सर्वदा खनाल, खस आर्यबाट इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दावी गरेका छन् ।

images