damuli hospatail

२४ मंसिर २०८०, आईतवार

क्यान्सर पिडित बिरेन्द्र लाई म्याग्दे समाजको सहयोग

तनहुँ

तनहुँको म्याग्दे गाउँपालिका वडा नं ७ घर भएका १८ बर्षिय क्यान्सर पिडित बिरेन्द्र पौडेल लाई म्याग्दे समाज दमौलीले ३३ हजार ५ सय ८० सहयोग गरेको छ । म्याग्दे गाउँपालिका घर भइ ब्यबसायिक तथा अन्य प्रयोजनका लागि दमौलि र यश आसपास बसोबास गर्ने ब्यक्तिहरूलाइ गम्भीर प्रकारका रोग लाग्दाको अवस्थामा समाजले सहयोग गर्ने र अभियान चलाउने उद्धेश्य अनुरूप उक्त रकम सहयोग गरिएको समाजका अध्यक्ष मनिराज थापाले बताए । यो प्रयाप्त रकम होइन तर दुखमा पर्दाको साथ हो अध्यक्ष थापाले बिरामी युवा बिरेन्द्रकि आमा मायादेवी पौडेललाई सहयोग रकम हस्तान्तरण गर्दै भने ।

सहयोग दिनेहरूमा मनिराज थापा २ हजार , सुजन पण्डित २ हजार , भाग्यशाली ढुंगाना १५ सय , हरिश्चन्द्र वाग्ले १ हजार , कमला थापा १ हजार १० , पदम कुमार श्रेष्ठ १ हजार १० , बिकास खनाल १ हजार , कृष्णराज पौडेल १ हजार १ सय , बलराम वाग्ले १ हजार , रमा वाग्ले १ हजार १ सय ५ , क्या तारालाल मल्ल १ हजार १ सय , राधा बिश्वराज वाग्ले १ हजार ५ सय , केशवराज पौडेल १ हजार , सीता वाग्ले घिमिरे १ हजार , महेन्द्र काफ्ले,दिवाकर भण्डारी १ हजार र राजु भट्ट ६ हजार २ सय ५५ र पार्वता गेलाल १० हजार रहेको समाजका सचिव बिकास खनालले बताए । यति मात्रै रकम बिरामीको उपचारको लागि प्रयाप्त नभएको हुँदा सहयोग अभियान जारी रहेको अभियान्ता बिष्णु पराजुलीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दे दमौली समाजका निबर्तमान अध्यक्ष भाग्यशाली ढुंगाना , सदस्य हरिश्चन्द्र वाग्ले , सहयोग अभियानका सँयोजक गोपाल चन्द्र हड्खले , कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो । बिरामी पौडेलको घरायसी आर्थिक अवस्था सामान्य रहेको र उपचारको लागि समस्या भएको हुँदा म्याग्दे समाज लगायतका अन्य अभियान कर्ताहरूले सहयोग अभियानलाई अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala