तनहुँ
गण्डकी प्रदेशका साँसद एवँ पूर्व आन्तरिक तथा कानुन मन्त्री हरी बहादुर चुमानले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को सँघीय साँसद गठबन्धनको तर्फबाट आफ्नो दाबी रहने बताएका छन् । जिल्लाको आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित छिम्केश्वरी माविको पक्की भवन उद्घाटनको क्रममा आयोजित कार्यक्रममा चुमानले आफू सँधै प्रदेशमा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने नरहेको बताए । राजनैतिक चेतना र त्याग आफ्नो कसैको भन्दा कमी नरहेको उनले बताए । सो अवसरमा बोल्दै नेता चुमानले विद्यालयको समग्र विकासका लागि समेत आफुले पहल गर्ने बताए । सो विद्यालयका पुर्व शिक्षक समेत रहेका चुमानले विद्यालयलाई आवासीय माध्यमिक व्द्यिालय बनाउने र प्राविधिक बिषय संचालन गर्नेमा आफ्नो बिशेष पहल गर्ने बताए ।

तनहुँका जनताले आफूलाइ खोजेको र सँघबाट नै तनहुँमा राजनीति गर्न आफू तयार रहेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उप प्रमुख बाबसुदेव थापा, आँवुखैरेनी गाउँपालिका उपप्रमुख दुर्गा अर्याल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बसन्तराज पौडेल वडा अध्यक्ष मिलन भुजेल लगायतले मन्तव्य राखेका थिए । विद्यालयमा पहिलो पटक ७२ लाख रुपैयाँ लगानीमा पक्की चारकोठे भवन निर्माण भएको विद्यालयले जनाएको छ ।
















